Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

यसरी भईन नीलम राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर, निजामतीका यी हुन् उच्च पदका महिला ?

यसरी भईन नीलम राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर, निजामतीका यी हुन् उच्च पदका महिला ?


  • 12.2K
    Shares

    यसरी भईन नीलम राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर, निजामतीका यी हुन् उच्च पदका महिला ?
    images

    नीलम ढुंगाना नेपाल राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर बनेकी छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई सो पदमा नियुक्त गरेको हो।

    राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर हुन पाउँदा आफू अत्यन्त खुसी भएको उनले बताइन्।

    ढुंगाना २०५४ सालमा नेपाल राष्ट्र बैंकमा गरेकी हुन्। सहायक निर्देशक पदबाट राष्ट्र बैंकमा प्रवेश गरेकी ढुंगाना अहिलेसम्म कुनै पनि परीक्षामा असफल नभएको बताउँछिन्।

    ‘म पहिलो पटक नै परीक्षामा उत्तीर्ण भएर राष्ट्र बैंकमा प्रवेश गरेँ,’ उनी भन्छिन्, ‘त्यसपछिको जुनसुकै परीक्षामा पनि एकै पटकमा पास हुँदै आएकी छु। मैले २०५४ सालदेखि असफल हुन परेको छैन।’

    हालसम्म उनले सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेकी थिइन्। राष्ट्र बैंकमा १७ जना कार्यकारी निर्देशक थिए। देवकुमार ढकाल र गुणाकर भट्टपछि उनी तेस्रो वरियतामा थिइन्।

    कार्यकारी निर्देशकभन्दा माथि डेपुटी गभर्नर र गभर्नर रहन्छन्। यी दुई पदमा राजनीतिक नियुक्ति हुने व्यवस्था छ। परीक्षामा अब्बल रहँदै आएकी ढुंगाना राजनीतिक नियुक्तिमा पनि अगाडि देखिइन्।

    ‘यसमा पनि म आफुलाई भाग्यमानी ठान्छु। कुनै परीक्षामा अथवा आफ्नो योग्यता जाँच हुँदा पछि परेकी थिइनँ। अहिले राजनीतिक नियुक्तिमा पनि परेकी छु,’ उनले खुसी हुँदै भनिन्।

    आगामी दिनमा डेपुटी गभर्नरको जिम्मेवारी पुरा गर्न ध्यान दिने उनको भनाइ छ।

    ‘डेपुटी गभर्नरले गभर्नरसँग समन्वय गरेर दिएको जिम्मेवारी पुरा गर्ने नै हो। त्यसको लागि म प्रतिबद्ध छु,’ उनले भनिन्।

    को हुन् ढुंगाना ?

    ढुंगानाको जन्म २०२५ सालमा झापामा भएको हो। स्कुलको शिक्षा पछि उनले कमर्स विषय अध्ययन गरिन्। पढाइमा तेज उनले दमक क्याम्पसमा आईकम टप गरेकी थिइन्।

    आईकमपछि विवाह गरेकी उनले पढाइलाई निरन्तरता दिइन्।

    स्नातकोत्तरमा उनले त्रिभुवन विश्वविद्यालयमा महिलातर्फबाट स्वर्ण पदक समेत पाएकी छन्। त्यसपछि केही समय अध्यापनमा लागेकी उनी २०५४ सालमा सहायक निर्देशक पदबाट नेपाल राष्ट्र बैंकमा प्रवेश गरेकी हुन्।

    निजामती सेवामा पनि महिलाको स्थान उच्च छ।  निजामती किताबखानमा रहेको तथ्यांकअनुसार हालसम्म ११ जना महिलाले मन्त्रालयको सचिवको कार्यभार सम्हालिसकेका छन् । जसमा अहिले पनि ५ कार्यरत छन् यस अघि नै ६ जनाले अवकाश पाइसकेका तथ्यांक छ । जसमध्ये उच्च तहमा पुगेर अवकाश प्राप्त गरेका ६ जना महिला सचिव छन् । जसमा रिद्धिबाबा प्रधान, बिन्द्रा हाडा, सुधा शर्मा, विमला सुवेदी, किरण रेग्मी, पुष्पा चौधरी हुन् ।

    यामकुमारी खतिवडा अहिले महिला मन्त्रालयको सचिव छिन् । जीवनको लामो कालखण्ड उद्योग मन्त्रालयमै व्यतित गरेकी उनी केही महिना अघि सचिव सरुवा हुँदा उद्योगबाट महिलामा पुगेकी हुन् । पिता नन्दराज खतिवडा र माता उमादेवीकी छोरी यामकुमारी २०२७ असार २२ गते जन्मेकी उनले व्यवस्थापिका संसद सेवाबाट २०५१ सालमा शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेकी उनी २०५६ सालमा उपसचिव भएकी हुन् । उपसचिवमै कार्यरत रहँदा उनी २०५९ सालमा प्रशासन सेवामा आइन् । २०६५ सालमा प्रशासन सेवा समूहबाट सहसचिव भएकी खतिवडा २०७३ माघमा क्षेत्रीय प्रशासक पश्चिमाञ्चल पोखराको कामु सचिव भएर काम गरिन् । र, २०७४ सालमा सचिवमा बढुवा भइन् । सचिव भएपछि उनले राष्ट्रिय सूचना आयोगलगायतको कार्यालयमा जिम्मेवारी वहन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय हुँदै अहिले महिला बालबालिका मन्त्रालयमा कार्यरत छिन् । उनी अर्थशास्त्र, जनप्रशासन, दक्षिण पब्लिक पोलिसीमा स्नाकोत्तर अध्ययन गरेकी छिन् ।

    महालेखा परीक्षकको कार्यालयमा उपमहालेखा परीक्षकमा कार्यरत राममाया कुँवर खड्काले मुखिया पदबाट निजामती सेवाको यात्रा सुरु गरेकी हुन् । २०२४ बैखाख १ गते लुमजुङमा जन्मिएकी उनका बुवा बलबहादुर खड्का र माता पूर्णीमाया हुन् । उनले २०४९ सालमा मुखियाको परीक्षा पास गरी सेवा सुरु गरेकी हुन् । वन विभाग काठमाडौंबाट सेवाको सुरु गरेकी उनले यहाँ तीन वर्ष काम गरेपछि २०५३ सालमा प्रशासन समूहकी खरिदार बनिन्। खरिदार भएपछि तत्कालीन भूमिसुधार विभाग, सुकुम्वासी आयोग तथा लोकसेवा आयोगमा काम गरिन । २०५९ सालमा शाखा अधिकृत भइन् । त्यसयता महालेख परीक्षकको कार्यालयमै कार्यरत छिन् । २०६७ सालमा उपसचिव बनेकी कुँवर २०६९ सालमा सहसचिव र २०७५ साउनदेखि सचिवमा बढुवा भएकी हुन् । कुँवरले मास्टर अफ विजनेश स्टडिज र जनप्रशासन विषयमा स्नाकोत्तर छिन् ।

    परिवारका सातै सदस्य सरकारी जागिरे भएकी देवकुमारी गुरागाईँ अहिले सार्वजनिक खरिद अनुगमन कार्यलयको सचिव छिन् । गुरागाईले २०५१ सालदेखि प्राविधिक सहायक पदवाट निजामती सेवामा प्रवेश गरेकी हुन् । २०५५ सालमा शाखा अधिकृत भएकी उनी २०६४ सालमा उपसचिव भइन् । शिक्षा सेवा, शिक्षा प्रशासन, राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिव भएपछि उनी शिक्षक किताब खानामा पुगिन् । ०६४ सालमा शिक्षा सेवा, शिक्षा प्रशासनको सहसचिवमा बढुवा भएकी हुन् । सहसचिव भएपछि उनले शैक्षिक जनशक्ति विकास केन्द, सानोठिमीमा निर्देशक, क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलको प्रमुमखदेखि विभिन्न क्षेत्रमा काम गरिन् ।२०७३ भदौदेखि २०७५ असारसम्म शैक्षिक जनशक्ति विकास केन्द्रको कार्यकारी निर्देशकको कार्यभार सम्हालेकी गुरागाईं २०७५ फागुन २६ गतेमा सचिवमा बढुवा भइन् । सचिव भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काम गरिन् । त्यहाँबाट निर्वाचन आयोग हुँदै अहिले सार्वजनिक खरिद अनुगमनको कार्यलयमा सरुवा भएकी छिन् ।

    यस्तै अहिले नेपाल कानुन आयोगको सचिवमा लिलादेवी गड्तौला कार्यरत छिन् । उनी कानुन मन्त्रालयमा कार्यरत थिइन । त्यहाँको वरिष्ठ सहसचिव बनेर कार्यरत गड्तौला गत कार्तिकमा सचिवमा बढुवा भएसँगै नेपाल कानुन आयोगमा पदस्थापन भएकी हुन् ।

    यस्तै सर्वोच्च अदालतको पहिलो महिला रजिष्टरको रुपमा कार्यरत छिन् निर्मला पौडेल नियक्त भएकी छन्। न्याय सेवा आयोगको सिफारिसमा उनी गत माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले पौडेललाई त्यहाँ नियुक्त गरेको हो। पौडेल सर्वोच्च अदालतको रजिस्टारमा नियुक्त हुने पहिलो महिला पनि बनेकी छन्।

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - १२:२०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij