Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

झिनो अंकले बढ्यो बजार, १ अर्ब ९ करोड बराबरको कारोबार

झिनो अंकले बढ्यो बजार, १ अर्ब ९ करोड बराबरको कारोबार


  • 2.3K
    Shares

    झिनो अंकले बढ्यो बजार,  १ अर्ब ९ करोड बराबरको कारोबार

    सेयरबजार झिनो अंकले बढेको छ। आज नेप्से परिसूचक १.३९ अंकले बढेर १८५३.४८ विन्दुमा पुगेको हो।

    कारोबारको सुरुवातिमा उकालो लागेर १८७२.८६ उच्च विन्दुमा पुगेको बजार सोही विन्दुमा अडिन सकेन। फलस्वरुप बजार १८५३.४८ विन्दुमा रोकिएको हो। झिनो अंकले बढेको बजारमा १ अर्ब ९ करोडको कारोबार भएको छ। उक्त कारोबार रकम पछिल्लो १५ कारोबार दिनपछिको उच्च हो।

    आज कारोबारमा आएका ११९ कम्पनीको सेयरमूल्य बढ्दा ११३ कम्पनीको घटेको छ। साथै, ६ कम्पनीको सेयरमूल्य स्थिर नै छ। आज ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।

    त्यसैगरी कर्णाली डेभलपमेन्ट बैंकको ९।९६ प्रतिशत, समाज लघुवित्तको ८.०७ प्रतिशत र साहस ऊर्जा कम्पनीको सेयरमूल्य ७.७५ प्रतिशतले बढेको छ। हिमालयन डिस्टीलरीको सर्वाधिक ७ करोड ३६ लाखको कारोबार भएको छ।

    फडवार्ड माइक्रोफाइनान्स लघुवित्त र सयपत्री हाइड्रोपावरको सर्वाधिक १० प्रतिशतका दरले सेयरमूल्य घटेको छ।

    प्रकाशित मिति :मंसिर ४ २०८० सोमवार - १६:१६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij