Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

माओवादी र नेसपाबीच एकता प्रक्रिया अघि बढ्यो, एकीकृत पार्टीको नाम नेकपा(समाजवादी) राख्न प्रस्ताब

माओवादी र नेसपाबीच एकता प्रक्रिया अघि बढ्यो, एकीकृत पार्टीको नाम नेकपा(समाजवादी) राख्न प्रस्ताब


  • 3.0K
    Shares

    माओवादी र नेसपाबीच एकता प्रक्रिया अघि बढ्यो, एकीकृत पार्टीको नाम नेकपा(समाजवादी) राख्न प्रस्ताब

    नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी(नेसपा)बीच एकीकृत पार्टीको नाम नेकपा(समाजवादी) राख्न सकारात्मक छलफल भएको छ ।

    दुवै दलका वार्ता समितिबीच भएको आइतबार (मंसिर ३ गते) भएको छलफलपछि ‘पार्टी एकता संयोजन समिति’ गठन गर्न सुझाव दिने निर्णय भएको समितिले जनाएको छ।

    माओवादी वार्ता टोलीका संयोजक कृष्णबहादुर महरा र समाजवादीका वार्ता टोली संयोजक गंगानारायण श्रेष्ठद्वारा आइतबार प्रेशित विज्ञप्तिमा ‘बैठकमा पार्टी एकताको लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने साथै उक्त पार्टी एकता संयोजन समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय भएको’ जनाइएको छ।

    विज्ञप्तिमा पार्टी एकता वार्ता समितिको बैठकमा वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ गरिएको उल्लेख छ।

    प्रकाशित मिति :मंसिर ३ २०८० आइतवार - १६:०७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij