Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

इन्दू बर्मालाई महिला राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी

इन्दू बर्मालाई महिला राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी


  • 3.0K
    Shares

    इन्दू बर्मालाई महिला राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी
    images

    काठमाडौं। राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त भएकी छन्। लामो समयदेखि कप्तान रहेकी रुबिना क्षेत्रीलाई हटाएर इन्दुलाई उक्त जिम्मेवारी दिइएको छ। रुबिना राष्ट्रिय टोलीमा यथावत भने छन्।

    हङकङमा हुने चार देश सम्मिलित टी-२० शृखलाका लागि घोषित राष्ट्रिय टोलीमा इन्दु कप्तान रहेको उल्लेख छ। उपकप्तानको जिम्मेवारीमा विन्दु रावल छन्। अन्य सदस्यमा सिता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ र कन्चन श्रेष्ठ छन्।

    यस्तै सोमु विष्ट, पुजा महतो, रोमा थापा, संगिता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिनले पनि राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। रुबिना करिब एक दशकयता नेपाली महिला राष्ट्रिय टोलीको कप्तान थिइन्।

    प्रकाशित मिति :कार्तिक २३ २०८० बिहिवार - १६:५३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij