Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमालेको सचिवालय बैठक सुरू

एमालेको सचिवालय बैठक सुरू


  • 2.0K
    Shares

    एमालेको सचिवालय बैठक सुरू

    काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो ।

    पार्टीले सञ्चालन गर्न लागेको मध्यपहाडी लोकमार्ग अभियान बैठकको मुख्य एजेन्डा र रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । त्यस्तै, बैठकमा भूकम्पलगायतका विषयमा पनि छलफल भइरहेको छ ।

    एमालेले आगामी मंसिरमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्दै छ । अभियानको तयारीस्वरुप हालै दुई टोलीले लोकमार्गको अवलोकन गरिसकेको छ ।

    पार्टीका उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल नेतृत्वका दुई टोलीले पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि सुदूरपश्चिमको झुलाघाट (बैतडी)सम्मको अवलोकन गरेका थिए ।

    प्रकाशित मिति :कार्तिक २२ २०८० बुधवार - १३:३१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij