२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । यो वर्षको धनतेरस कात्तिक २४ अर्थात् यही शुक्रबार परेको छ । यो दिनमा सुन वा पितल आदि धातु किन्दा धनसम्पत्तिमा वृद्धि हुने मान्यता छ । तर यो दिन सुन, पितल जस्ता वस्तु वा गर–गहना किन किनिन्छ ? तपाईलाई थाहा छ ? धनतेरसमा सुन किन्नुको फाइदा के के हुन्छ ? आज यसबारे हामी कुराकानी गर्नेछौं ।
पौराणिक मान्यताअनुसार भगवान धन्वन्तरीको उत्पत्ति सागर मंथनको समयमा भएको थियो । त्यति बेला उनको हातमा अमृतको कलश थियो । धन्वन्तरीलाई देवी लक्ष्मीको भाइ पनि भनिन्छ । उनको प्रिय वस्तु पहेँलो रंग र पितल हो ।
त्यसैले धनवन्तरीलाई खुसी बनाउन धनतेरसको दिनमा सुन र पितलको भाँडाकुडा किन्ने गरिएको हो । धनवन्तरी देवताहरूका वैद्य पनि हुन् । यिनको आशिर्वादले सुख, समृद्धि र आयुमा वृद्धि हुने विश्वास छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij