२०८२ भाद्र ३ गते मंगलवार
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफ्ना मिहिनेतबाट अरूले फाइदा उठाउलान्। स्वास्थ्य-चिन्ताले सताउन सक्छ। अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ हुनेछ। व्यवसायमा आंशिक फाइदा हुनेछ। सम्पादित कामबाट लाभांश मिल्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
नयाँ योजनातर्फ अग्रसर भइनेछ। दाजुभाइमा असमझदारी बढ्न सक्छ। तापनि नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा राम्रै लाभ हुनेछ भने चिताएको काममा आंशिक सफलता पाइनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। नयाँ कामको योजना थाल्ने समय आएको छ। भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यवसायमा आम्दानी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
मान–सम्मान र आकर्षक उपहारले उत्साहित भइनेछ। रोकिएको काम सम्पादन हुनेछ भने आयस्रोत समेत बढ्ने समय छ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ। सहयोगीहरूले साथ दिए पनि काममा स्वयं सक्रिय रहनुपर्ला। मिहिनेत गर्दा राम्रै प्रतिफल पनि प्राप्त हुनेछ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
काम देखाएर पनि प्रभाव जमाउन मुस्किल पर्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। व्यवहारमा शुभचिन्तकहरूको साथ दिनेछन्।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। स्थितिमा सुधार आउनेछ। रोकिएका काम बन्नेछन्। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सेवामूलक कामबाट फाइदा हुनेछ। लाभांश उठाउन हतार नगर्नुहोला। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
तपाईको दिन शुभ रहोस् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij