Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कांग्रेसले भूकम्पपीडितका लागि सरकारलाई दियो ५० लाख

कांग्रेसले भूकम्पपीडितका लागि सरकारलाई दियो ५० लाख


  • 2.1K
    Shares

    कांग्रेसले भूकम्पपीडितका लागि सरकारलाई दियो ५० लाख

    जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडितहरूका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई ५० लाखको चेक हस्तान्तरण गरेको छ। 

    आज बिहान सभापति शेरबहादुर देउवालगायत कांग्रेस नेता प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५० लाखको चेक बुझाएका हुन्। 

    यही कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ भने ३३८ जना घाइते भएका छन्। करोडौँ बराबरका भौतिक संरचना क्षति भएका छन्। 

    त्यसयता पनि जाजरकोट केन्द्रबिन्दु भएर पटकपटक परकम्प गइरहेका छन्।

    प्रकाशित मिति :कार्तिक २१ २०८० मंगलवार - १०:५७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij