२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने ८ राजनीतिक दलको सर्वदलीय बैठक बोलाएका छन्। बैठक दिउँसो २ बजे सिंहदरबारमा बोलाइएको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठुलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्तिलगायत दललाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका हुन्।
गत शुक्रबार राति ११ः४७ बजे जाजरकोट, बारेकोट–१ रामीडाँडा केन्द्र गरी गएको भूकम्पले १५० जनाभन्दा बढीको ज्यान गएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij