Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

एकीकृत समाजवादीको सचिवालय बैठक जारी


  • 2.1K
    Shares

    एकीकृत समाजवादीको सचिवालय बैठक जारी

    काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक जारी छ। बैठकमा मेची-महाकाली जागरण अभियानको समीक्षा गर्ने बताइएको छ।

    जागरण अभियानताका झन्डै ३ लाख ५० हजारसँग प्रत्यक्ष भेटघाट भएको र झन्डै १० हजार कार्यकर्ता पार्टी प्रवेश गरेको पार्टीका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले बताएको छ।

    त्यस्तै माघमा हुने महाधिवेशनबारे आन्तरिक गृहकार्य र छलफल हुने बताइएको छ। साथै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र अध्यक्ष माधवकुमार नेपालको आसन्न चीन भ्रमणका साथै समसामयिक राजनीतिबारे छलफल हुने बताए।

    प्रकाशित मिति :कार्तिक २० २०८० सोमवार - ११:४७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij