Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

राप्रपाले भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने

राप्रपाले भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने


  • 2.4K
    Shares

    राप्रपाले भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन सरकारी कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।

    कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको हो। यसका लागि राप्रपाका संघीय सांसद र प्रदेश सभा सदस्यहरूको एक महिनाको तलब लिइने राप्रपाले जनाएको छ।

    भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न जाजरकोट जिल्लाका लागि सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) को संयोजकत्वमा र रुकुम पश्चिम जिल्लाका लागि पार्टीका सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय पनि राप्रपाले गरेको छ।

    भूगोल केन्द्रित जिम्मेवारी कार्यक्रममध्ये जाजरकोट र रुकुम पश्चिम जिल्लाका कार्यक्रम ०८० मंसिर १५ गतेसम्मका लागि स्थगित गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

    पार्टीले गर्ने आमसभा, विरोध सभा तथा प्रदर्शनका कार्यक्रम कात्तिक मसान्तसम्मका लागि स्थगित भएको उनले बताए।

    प्रकाशित मिति :कार्तिक १९ २०८० आइतवार - १३:५०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij