Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कामना सेवा विकास बैंकले आयोजना गर्‍यो फुटसल कप सिजन–३ कार्यक्रम

कामना सेवा विकास बैंकले आयोजना गर्‍यो फुटसल कप सिजन–३ कार्यक्रम


  • 2.2K
    Shares

    कामना सेवा विकास बैंकले आयोजना गर्‍यो फुटसल कप सिजन–३ कार्यक्रम

    काठमाडौँ । कामना सेवा विकास बैंकले आफू १७ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरु  आयोजना गरेको छ । सो अवसरमा कम्पनीले कामना सेवा फुटसल कप सिजन- ३ सम्पन्न गरेको छ । पुरुषतर्फको खेलको फाइनल खेलमा गरिमा विकास बैंकले माछापुच्छ्रे बैंकलाई २–१ ले हराउदै उपाधी जितेको छ ।

    त्यसैगरि, महिलातर्फको फाइनल खेलमा माछापुच्छ्रे बैंकले आयोजक कामना सेवा विकास बैंकलाई २–० ले हराउँदै उपाधी जितेको छ  । कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फुटसल कप आयोजना गर्दै आएको छ । विजेता तथा उपविजेता टिमलाई कम्पनीको तर्फवाट ट्रफि, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो । 

    सो अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, प्रमुख सञ्चालन अधिकृत विकास ढुङ्गाना र एन्फा रेफ्रि नारायण अधिकारीले विजेता तथा उपविजेता टिमलाई पुरस्कार प्रदान गरेका थिए ।

    त्यस्तै, शनिबार नै कम्पनीको बुटवल शाखा कार्यालयले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  कम्पनीका सञ्चालक भिम प्रसाद तुलाचन तथा नेपाल रक्तदाता संघ  बुटवलका अध्यक्ष दया वहादुर सिलवालको आतित्यथामा सम्पन्न उक्त कार्यक्रममा ७६ पिन्ट रगत संकलन भएको कम्पनीका बुटवल क्षेत्रका क्षेत्रीय प्रमुख खिमलाल भुषालले बताए । 

    वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रम अन्तर्गत कम्पनीको कोशी प्रदेश कार्यालयले धरान उपमहानगरपालिकामा श्रमदान गरेको छ । धरान उपमहानगरपालिकाले कोकाह खोलादेखि धरानसम्म पानी ल्याउने प्रयोजनका लागि रिचार्ज ट्याङ्की निर्माणमा श्रमदान गरिएको कम्पनीले बताएको छ ।

    श्रमदान कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गको समेत उपस्थिति थियो । कम्पनीले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रमसहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गर्न लागेको बताएको छ ।

    प्रकाशित मिति :कार्तिक १९ २०८० आइतवार - ०९:०८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij