Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

लोसपा केन्द्रीय समितिको बैठक बोलाउने तयारी, के–के छन् एजेन्डा ?

लोसपा केन्द्रीय समितिको बैठक बोलाउने तयारी, के–के छन् एजेन्डा ?


  • 2.3K
    Shares

    लोसपा केन्द्रीय समितिको बैठक बोलाउने तयारी, के–के छन् एजेन्डा ?

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समितिको बैठक बसाउने तयारी थालेको छ । लोसपाले असोज ८ गते ३११ सदस्यीय केन्द्रीय समितिको नामावली सार्वजनिक गरेको थियो ।

    सो केन्द्रीय समितिको पहिलो बैठक बोलाउने तयारी भइरहेको लोसपाका महासचिव डा.सुरेन्द्र झाले बताए । उनले भने, ‘केन्द्रीय समितिको पहिलो बैठक बसाउने तयारी भइरहेको छ, अहिले डेट फिक्स भएको छैन तर छठ पछि तुरुन्तै बस्न गरी गृहकार्य चलिरहेको छ ।’

    त्यस्तै, बैठकले केन्द्रीय समिति विस्तार पनि गर्ने बताइएको छ । ‘विधानअनुसार ४०१ सदस्यीय कार्य समिति हुनुपर्छ । हाल ३११ जनाको समिति बनाइएको छ । त्यसमा ९० जना थपेर त्यसलाई बैठकले पूर्णता दिन्छ’ महासचिव झाले भने ।

    लोसपामा हाल कार्यकारिणी समिति र केन्द्रीय समिति मात्र रहेको छ ।  त्यसबाहेक कुनै समिति बनेको छैन । युवा र विद्यार्थी सङ्गठनबाहेक अन्य भातृ सङ्गठन पनि बनेको छैन । भातृ सङ्गठन बनाउनका लागि पार्टीमा गृहकार्य चलिरहेको छ ।

    पार्टीका वरिष्ठ नेता तथा पदाधिकारीहरूसँग छलफल गरी भातृ सङ्गठन बनाउने गृहकार्य चलिरहेको लोसपाले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १६ २०८० बिहिवार - १६:२४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij