Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

आज एमालेको चियापान तथा शुभकामना कार्यक्रम, माधव नेपालको पार्टीलाई पहिलोपटक औपचारिक निमन्त्रणा ! 

आज एमालेको चियापान तथा शुभकामना कार्यक्रम, माधव नेपालको पार्टीलाई पहिलोपटक औपचारिक निमन्त्रणा ! 


  • 2.8K
    Shares

    आज एमालेको चियापान तथा शुभकामना कार्यक्रम, माधव नेपालको पार्टीलाई पहिलोपटक औपचारिक निमन्त्रणा ! 

    काठमाडौँ । नेकपा एमालेले आज (बुधबार)  चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको तर्फबाट दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम राखिएको एमालेले जनाएको छ । 

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो सवा १२ बजेदेखि चियापान कार्यक्रम सुरु हुने एमालेले जनाएको छ।  हरेक वर्ष दसैँ, तिहार, नेपाल संवत्, छठ, इद, ल्होसार लगायतका पर्वका अवसरमा एमाले, कांग्रेस लगायतका राजनीतिक दलले चियापान कार्यक्रम गर्दै आएका छन्। कांग्रेसले यही कात्तिक ११ गते कोजाग्रत पूर्णिमाकै दिन चियापान कार्यक्रम गरेको थियो। 

    एमालेले मंगलबार (कात्तिक १४ गते) गते नै चियापान गर्ने भनेको थियो। तर, मंगलबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक भएपछि एमालेले आजको लागि चियापान कार्यक्रम सारेको हो। 

    चियापानमा प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, विभिन्न राजनीतिक दलका प्रमुख, नेता, संवैधानिक निकायका प्रमुख, राजदूत, सुरक्षा निकायका प्रमुख, सरकारी अधिकारी, सञ्चारकर्मी लगायतलाई आमन्त्रण गरिएको छ। 

    एमालेले पायक पर्ने सर्वसाधारणलाई पनि चियापान समारोहमा उपस्थित हुन आग्रह गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् चियापानमा सहभागी हुन सबैलाई निम्तो दिएका छन्। 

    माधव नेपालको पार्टीलाई पहिलोपटक एमालेको औपचारिक निमन्त्रणा ! 

    नेकपा एमालेले पहिलोपटक माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई औपचारिक कार्यक्रममा निमन्त्रणा गरेको छ। सो समारोहमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतलाई पत्र काटेर औपचारिक निमन्त्रणा गरिएको एमालेका एक नेताले जानकारी दिए।

    पार्टी विभाजनपछि एमालेले पहिलोपटक एकीकृत समाजवादीलाई पार्टीको मान्यता दिँदै औपचारिक निमन्त्रणा गरेको हो। त्यस्तै, एकीकृत समाजवादीका सबै सांसदहरूलाई पनि चियापान समारोहमा निमन्त्रणा गरिएको छ। एकीकृत समाजवादीका मन्त्रीहरूलाई पनि चियापानमा आमन्त्रण गरिएको छ। मन्त्रीहरूलाई मन्त्रीकै हैसियतमा निमन्त्रणा गरिएको एमालेका ती नेताले जानकारी दिए।

    माधव नेपालले २०७८ भदौ ९ गते एमालेबाट विद्रोह गर्दै पार्टी विभाजन गरेका थिए। त्यसयता नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तिक्ततापूर्ण सम्बन्ध थियो। एमाले अध्यक्ष ओलीले त पटक पटक सार्वजनिक समारोहबाटै एकीकृत समाजवादीलाई पार्टी नै नभएको बताउँदै आएका थिए। 

    प्रकाशित मिति :कार्तिक १५ २०८० बुधवार - ०७:३६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij