२०८२ माघ ८ गते बिहिवार
चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दोकी पलेशा गोवर्धन नेपाल फर्किएकी छिन्। पारा तेक्वान्दो खेलाडी पलेशा आइतबार नेपाल आइपुगेकी हुन्।
उनलाई राष्ट्रिय खेलकुद परिषद् राखेप का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ, खेलाडी, प्रशिक्षक, परिवारजनलगायतले पलेशालाई त्रिभूवन अन्तर्राष्ट्रियमा स्वागत गरे। विमानस्थलबाट पलेशासहितको तेक्वान्दो टोलीलाई त्रिपुरेश्वरस्थित राखेपमा लगिएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij