Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

यस्तो देश जहाँ महिलालाई पुलिसमा भर्ती गर्दा कुमारित्व परीक्षण !

यस्तो देश जहाँ महिलालाई पुलिसमा भर्ती गर्दा कुमारित्व परीक्षण !


  • 9.2K
    Shares

    यस्तो देश जहाँ महिलालाई पुलिसमा भर्ती गर्दा कुमारित्व परीक्षण !

    काठमाडौँ । प्रहरी वा सैनिकमा भर्ती हुन मानिसको शारीरिक बनावट, स्वास्थ्यको अवस्था, उमेर र शैक्षिक योग्यता हेर्ने गरिन्छ ।

    तर, के तपाईले प्रहरीमा भर्ती हुन महिलाको कुमारित्व नापिएको खबर सुन्नु भएको छ रु यदि छैन भने हामी तपाईलाई त्यो बारेमा जानकारी दिन्छौँ । इन्डोनेसियामा पुलिसमा भर्ती हुनका लागि महिलाहरुको कुमारित्व जाँच गर्ने अनौठो चलन छ ।

    त्यहाँका महिला प्रहरीमा जागिर खान चाहन्छन् भने पहिला उनीहरूको ‘भर्जिनिटी’ चेक गरिन्छ । चेकमा कुमारी नदेखिएका महिला प्रहरी सेवाका लागि योग्य ठानिदैनन् ।

    अनौठो र रोचक कुरा त के छ भने, जागिर खान चाहने महिलाको कुमारित्व पनि पुरुषले नै चेक गर्छन् । इन्डोनेशियामा यो कार्यलाई ‘दुई औँले’ जाँच भनिन्छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार प्रहरीमा भर्ना हुन गएका महिला उम्मेदवारको यौनागङ्मा दुई औँला हालेर चेक गरिन्छ । त्यसो गर्दा योनीको जाली च्यातिए वा नच्यातिएको थाहा हुने सञ्चारमाध्यामहरुको भनाइ छ । ।

    इन्डोनेसियामा महिलाको कुमारित्व जाँचलाई हालसम्म आधिकारिकता दिइएको छैन । तर, प्रहरी छनौटमा यस्तो अभ्यास भने गरिँदै आएको सञ्चारमाध्यामहरुले बताएका छन् ।

    इन्डोनेशियामा प्रहरीमा भर्ना हुन महिला कुमारी भएर मात्रै पुग्दैन, उनीहरू सुन्दर र शारीरिक रूपले आकर्षक देखिनुपर्छ । एजेन्सी

    प्रकाशित मिति :मंसिर १० २०७७ बुधवार - १३:४६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij