Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

ओलीलाई रविको जवाफः राष्ट्रको ढुकुटी रित्याउँदा पनि तपाईंकै नेतालाई भोट दिने भोटर कस्ता ?

ओलीलाई रविको जवाफः राष्ट्रको ढुकुटी रित्याउँदा पनि तपाईंकै नेतालाई भोट दिने भोटर कस्ता ?


  • 2.8K
    Shares

    ओलीलाई रविको जवाफः राष्ट्रको ढुकुटी रित्याउँदा पनि तपाईंकै नेतालाई भोट दिने भोटर कस्ता ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको चेतनालाई चुनौती नदिन आग्रह गरेका छन्। 

    मंगलबार काठमाडौंमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नीति, विचार नभएको नयाँ दललाई भोट दिने जनता पनि कस्ता भन्ने अभिव्यक्तिप्रति टिप्पणी गरेका हुन्। 

    सोमबार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीले नयाँ दलप्रति लक्षित गर्दै नीति, विचार र सिद्धान्त नभएका दलहरुलाई भोट दिने जनता पनि कस्ता? भन्ने अभिव्यक्ति दिएका थिए। 

    सोही अभिव्यक्तिलाई लिएर सभापति लामिछानेले आफ्ना नेताहरु भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इण्डिकेटरहरुलाई रेडमा पुर्‍याउँदा अझै पनि तपाईंकै दललाई भोट हालिरहने? तपाईंकै नेतालाई भोट हालिरहने? ति भोटर चाहिँ कस्ता? भन्ने प्रश्न गरे। 

    उनले भने, ‘अहिले कस्ता पनि टिप्पणी सुनिन्छन् भने जनता पनि कस्ता? यो नयाँ दलको नीति, विचार केही पनि छैन। सिद्धान्त केही पनि छैन, भर्खरै आएको छ। तिनलाई भोट हाल्ने जनता पनि कस्ता भन्ने गरेर जनताको चेतनालाई चुनौती दिएको मैले यदाकदा सुन्ने गरेको छु। हामीलाई माया गर्ने सद्भाव गर्ने, जनता कस्ता होइनन्, आफ्ना नेताहरु भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इण्डिकेटरहरुलाई रेडमा पुर्‍याउँदा अझै पनि तपाईंकै दललाई भोट हालिरहने? तपाईंकै नेतालाई भोट हालिरहने? ति भोटर चाहिँ कस्ता? यो प्रश्न मैले गर्न चाहन्छु।’

    सभापति लामिछानेले जनताले परिवर्तन चाहँदा चाहँदै पनि पुराना राजनीतिक दलको विश्वासलाई निमिट्यान्न नपारेको बताए।

    प्रकाशित मिति :कार्तिक १ २०८० बुधवार - ०७:११:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij