Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

एभरेष्ट बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न : बोनस शेयर र नगद लाभांश पनि वितरण गर्ने

एभरेष्ट बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न : बोनस शेयर र नगद लाभांश पनि वितरण गर्ने


  • 2.5K
    Shares

    एभरेष्ट बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न : बोनस शेयर र नगद लाभांश पनि वितरण गर्ने
    images

    काठमाडौं। एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले शेयरधनीहरुलाई दिने लाभांश पारित पनि गरेको छ ।

    मिति २०८० असोज ३० मा सम्पन्न साधारण–सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष२०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ ।

    साधारण सभाले शेयरधनीहरुलाई आ.ब २०७९/८० का लागि १०% बोनस शेयर र १०.५३% नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    बैंकले प्रस्तावित बोनस शेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पुँजी वृद्दि हुने भएकोले जारी र चुक्ता पुँजी वृद्दि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

    बैंकको साधारण सभाले आ.ब २०८०/८१ को लागि एन.अमात्य एंड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।

    प्रकाशित मिति :आश्विन ३० २०८० मंगलवार - १४:०२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij