२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । सर्वोच्च अदालतले गरेको फैसलापछि नयाँ रणनीति तय गर्न प्रचण्ड–नेपाल पक्षको नेकपाको स्थायी कमिटीको बैठक सुरु भएको छ ।
पेरिसडाँडास्थित पार्टी कर्याालयमा केहीबेरअघि बैठक सुरु भएको स्थायी कमिटी सदस्य मातृका यादवले जानकारी दिए ।
आइतबार सर्वोच्च अदालतले नेकपा नाममाथि फैसला गर्दै ऋषि कट्टेलको पार्टीलाई मान्यता दिएर एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेको थियो ।
सो फैसलापछि प्रचण्ड–नेपाल पक्षले स्थायी कमिटीको बैठक बोलाएको हो । यसअघि सोमबार बिहान ११ बजे बोलाइएको बैठक ३ बजेलाई सारिएको थियो ।
प्रचण्ड–नेपालले सर्वोच्चको फैसलालगत्तै आइतबार नै संविधानविद् र कानुनविद्सँग छलफल गरेका थिए । उनीहरुले प्रचण्ड–नेपाललाई सर्वोच्चको फैसला पुनरवलोकन गर्न सुझाव दिएका छन् ।
यसका साथै नेकपाका बहुमत सदस्य र सांसदले नेकपा नामबाहेकको अर्को नाम लिएर निर्वाचन आयोगमा दर्ता गर्न सकिने समेत सुझाव दिएका छन् । प्रचण्ड संग बैठक बस्नु अघि माधव नेपालले आफ्ना नेताहरु संग आन्तरिक छलफल गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij