२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । फिल्म अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला शनिबार उमेरले ५० वर्ष टेकेकी छन् ।
जन्मदिनमा आयोजित सेलिब्रेसन समारोहमा पारिवारिक सदस्यसहित कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, किरण केसी, निर्मल शर्मा कमेडी नाइट विथ च्याम्पियन्सको टोली सहभागी थिए ।
लाजिम्पाटको हिबाची प्यालेसमा शनिबार बेलुका बर्थडे समारोह आयोजना गरियो, जहाँ केक काटेर जन्मोत्सव सेलिब्रेसन गरियो ।
निरौलालाई सामाजिक संजालबाट पनि ब्यापकरुपमा शुभकामना सन्देशहरू आइरहेका छन् । अभिनेता दीपकराज गिरी र निर्मल शर्माले दीपाश्रीलाई बधाई दिँदै उनको प्रशंसा गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij