२०८२ माघ १३ गते मंगलवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी आइपुगेका छन्।
नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली आइतबार बिहान धनगढी आइपुगेका हुन्। ओलीलाई धनगढी विमानस्थलमा यहाँका नेता/कार्यकर्ताले स्वागत गरेका थिए।
प्रदेश अधिवेशन उद्घाटन गर्नुअघि अध्यक्ष ओलीले कञ्चनपुरको पुनर्वासस्थित सहिद गोविन्द गौतमको स्मृतिपार्क पुगेर शालिकमा माल्यार्पण गरेका छन्।
अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेललगायत एमालेका शीर्ष नेता धनगढी आएका हुन्। ओली प्रदेश अधिवेशन उद्घाटन गरेर आइतबारै काठमाडौँ फर्किने कार्यक्रम छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij