२०८२ माघ १३ गते मंगलवार
नेकपा एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । केन्द्रीय सदस्य समेत रहेका प्रत्यासी मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा अध्यक्षमा निर्वाचित भएका हुन् ।
नवराजले ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खस्यो । पदाधिकारी तर्फका सबै पदमा शर्माकै प्यानल विजयी भएको छ ।
उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ १९२ मतले विजयी बन्दा नवलपुरका बाबुराम विकले ३४२ मत प्राप्त गरी पराजय बेहोरे । मीनले ५३४ मत ल्याएका थिए । सचिवमा नवराजपक्षीय लमजुङका धनञ्जय दवाडी ५२० मतसहित विजयी भए। कास्कीका रश्मि आचार्यको पक्षमा ३६६ मत आयो ।
महिला उपसचिवमा पर्वतका मञ्जु अधिकारी ५३१ मतसहित विजयी बनिन् । उनकी प्रतिस्पर्धी कास्कीकी मीना गुरुङले ३६५ मतमा चित्त बुझाइन् ।कास्कीका दामबहादुर विक र म्याग्दीका सन्तोष रावलबीच अर्को उपसचिवमा भएको भिडन्तमा १५३ ले बाजी मारे । विकले ५२० र रावलको पक्षमा ३६७ मत गयो ।
बिहिवार भएको मतदानमा ८ सय ९६ मत खसेको थियो । ३३ वटा विद्युतीय मेसिनमार्फत मतदान भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij