Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

चर्चित गीत ‘घाम जस्तो चम्किलो जुन हुँदैन’ अब नयाँ भर्सनमा (भिडिओ)

चर्चित गीत ‘घाम जस्तो चम्किलो जुन हुँदैन’ अब नयाँ भर्सनमा (भिडिओ)


  • 2.8K
    Shares

    चर्चित गीत  ‘घाम जस्तो चम्किलो जुन हुँदैन’ अब नयाँ भर्सनमा (भिडिओ)

    चर्चित लोकदोहोरी गीत ‘घाम जस्तो चम्किलो जुन हुँदैन’ नयाँ भर्सनमा सार्वजनिक भएको छ। 

    करिब १५ वर्षअघि गायक पुरुषोत्तम न्यौपाने र गायिका बीमा कुमारी दुराको स्वरमा आएको गीतलाई नयाँ पुस्ताका कलाकारका स्वर र अभिनयमा बिहीबार फेरि सार्वजनिक गरिएको हो।

    पुष्पाञ्जली म्युजिकबाट सार्वजनिक गीतको नयाँ भर्सनमा स्वर कुशल बेलबासे र सुनिता बुढा क्षेत्रीले दिएका छन्। गीत संगीत संयोजन भने पहिलेको गीतकै संगीत संयोजक विनोद बाजुरालीले गरेका छन्। 

    गीतको म्युजिक भिडियो ‘दृष्यमा खप्तड’ अभियान अन्तर्गत निर्माण भएको छ। सम्पादन र कलर संयोजन पहिलेकै भिडियोमा समेत गरेका प्रविन भट्टले गरेका छन्।

    म्युजिक भिडियोको औपचारिक सार्वजनिकीकरण भने केही समयअघि नै भएको थियो ।आफ्नो संगीत करियरको टर्निङ प्वाइन्टका रुपमा रहेको गीतलाई नयाँ पुस्तामाझ पुर्यानउन नयाँ भर्सनमा सार्वजनिक गरिएको गीतकार डा.सुवेदीले बताएका छन्।

    उनले भने, ‘आफूलाई मन परेको सिर्जना नयाँ पुस्ताका दर्शकस्रोता माझ पुर्याउने धोको थियो। त्यो पूरा भएको छ।’। उनले भने, ‘ऐतिहासिक गीतलाई सुन्दर प्राकृतिक दृष्य रहेको अध्यात्मिक भूमि खप्तडमा दृष्यांकन गरेका छौं। मेरो जीवनको सुन्दर काम मध्ये एउटा हो यो।’ 

    प्रकाशित मिति :आश्विन १८ २०८० बिहिवार - १३:३८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij