Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

वीर अस्पतालमा उपचाररत माओवादी सचिव आचार्यलाई भेटे प्रधानमन्त्रीले

वीर अस्पतालमा उपचाररत माओवादी सचिव आचार्यलाई भेटे प्रधानमन्त्रीले


  • 3.3K
    Shares

    वीर अस्पतालमा उपचाररत माओवादी सचिव आचार्यलाई भेटे प्रधानमन्त्रीले

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा भर्ना भएर उपचाररत नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड आचार्यलाई भेट्न वीर अस्पताल पुगेका थिए ।

    सुदूरपश्चिमका जिल्लामा क्रियाशील रहेको बेला आचार्य अस्वस्थ भएका थिए । मंगलबार अछामको साँफेबगरको कार्यक्रममा सहभागी हुन गएका बेला आचार्यको स्वास्थ्यमा समस्या देखिएपछि बयलपाटा अस्पताल लगिएको थियो ।

    त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरबाट बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज हुँदै बुधबार वीर अस्पताल ल्याएर भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसारमा उनमा दायाँ भाग नचल्ने र बोली ननिस्किने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

    अहिले उनको रक्तचाप नियन्त्रणमा रहेको र उनको स्वास्थ्य खतरामुक्त रहेको स्रोतले बतायो । उनलाई केही दिन अस्पतालमै राखेर थेरापी लगायतका विधिबाट उपचार गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

    स्वास्थ्य अवस्थाबारे जानकारी लिइसकेपछि प्रधानमन्त्री प्रचण्डले उपचारमा सम्भव भएसम्मका सबै उपाय अपनाउन चिकित्सकहरुलाई भनेका थिए ।

     

    प्रकाशित मिति :आश्विन १८ २०८० बिहिवार - ०९:४२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij