Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रणाली बदल्न जरुरी छैनः विमलेन्द्र निधी

प्रणाली बदल्न जरुरी छैनः विमलेन्द्र निधी


  • 2.3K
    Shares

    प्रणाली बदल्न जरुरी छैनः विमलेन्द्र निधी

    काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले भारत स्वतन्त्र हुनुमा नेपालीहरुको हात रहेपनि भारतले कहिल्यै भन्ने नगरेको बताएका छन् ।

    सोमवार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भारतको अहिंसात्मक आन्दोलनमा महात्मा गान्धीसँगै नेपालीहरुले पनि भारत स्वतन्त्र हुनका लागि आन्दोलन गरेको बताए ।

    उनले भारतले पनि कहिल्यै पनि नेपालीहरु पनि भारत स्वतन्त्र हुनमा आन्दोलनमा उत्रिएका थिए भन्ने प्रसंग ननिकाल्ने गरेके बताए । उनले भारतीय राजनीतिज्ञ, साहत्यिकार, इतिहासकारले सो कुरालाई ओझेलमा राख्ने गरेको बताए ।उनले भारतले नेपालमा लोकतन्त्र ल्याउनमा आफूहरुको सहयोग रहेको मात्रै भन्ने गरेको बताए ।

    उनले भने, ‘भारतको अहिंसात्मक आन्दोलनको जुन गान्धीजीको नेतृत्वमा भएको थियो । त्यसमा भारतीय जनताले त सहभागिता देखाएकै थियो । नेपाली जनता र नेपाली नेताहरुले पनि भारतीय आजादीमा सहभागीता जनाएका थिए । भारतमा यो सन्देश जाओस् । म चाहन्छु खासगरी भारतीय कार्यवाहक राजदुतजीको माध्यमबाट भारतमा जहिले पनि चर्चा हुन्छ, भारतको स्वतन्त्रताको जब कुरा हुन्छ, तब तपाई र तपाईको इतिहास यति मात्रै भन्छ की गान्धीको नेतृत्वमा हामी भारतीय जनताले लडाईंको सफल बनाएका हौँ । थोरै नै ठिक नेपालका हाम्रा पूर्वनेता बिपी, मनमोहन, तत्कालीन धेरै नेताले भारतको आन्दोलनमा गान्धी र अहिंसात्मक आन्दोलनमा सहभागी जनाउने मात्रै नभइ जेलमा बसेका थिए । भारतीय राजनीतिज्ञ, साहत्यिकार, इतिहासकार यसलाई महत्व दिनको त कुरै छोडौँ तर कुरा नै गर्न चाहँदैनन् । हामीले पनि तपाईहरुलाई स्वतन्त्र रहन सहयोग गरेका छौँ । तपाईहरु नेपालमा हामीले स्वतन्त्रता दियौँ भन्नुहुन्छ । लोकतन्त्र दियौँ तर हामीले गरेको सहयोगको याद गर्नुहुन्न ।’

    नेता निधीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको बिरुद्धमा कुरा भएको भए त्यसबाट सचेत रहनुपर्ने बताए । प्रणाली बदल्ने जरुरी नरहेको र बरु प्रणाली बलियो बनाउन संविधानमा थप संशोधन गर्न जरुरी रहेको बताए ।

    प्रकाशित मिति :आश्विन १६ २०८० मंगलवार - ०७:३५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij