२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पीडामा रहेका नेपाली नागरिकलाई न्याय दिनुपर्ने चुनौती रहेको बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आज पनि शान्ति प्रक्रियाका केही काम बाँकी रहेको उल्लेख गर्दै त्यसलाई सबै राजनीतिक पार्टीहरु मिलेर टुंग्याउनुपर्ने बताए।
उनले विगतका राजनीतिक संघर्षका क्रममा पीडामा परेका जनतालाई न्याय दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे। उनले राजनीतिक दलहरुमाथि उठेका प्रश्नको सकारात्मक उत्तर दिन आवश्यक रहेको बताए।
उनले भने, ‘हामी मूल राजनीतिक पार्टीहरुलाई सरकारमा रहेका, प्रमुख प्रतिपक्षलाई पनि प्रश्न छ, हामीमाथिको प्रश्न राजनीतिक दल र नेताहरुले प्रश्नलाई सकारात्मक जवाफ दिनुपर्छ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij