Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

स्थानीय तहका कर्मचारी पनि आन्दोलनमा, आज माइतीघर मण्डलामा धर्ना

स्थानीय तहका कर्मचारी पनि आन्दोलनमा, आज माइतीघर मण्डलामा धर्ना


  • 2.7K
    Shares

    स्थानीय तहका कर्मचारी पनि आन्दोलनमा, आज माइतीघर मण्डलामा धर्ना

    स्थानीय तहका कर्मचारीले आफ्ना माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन माग गर्दै दबाबमूलक आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। 

    काठमाडौंको माइतीघरमा धर्ना दिनेदेखि देशभरका सबै स्थानीय तहमा सेवा प्रवाह रोक्नेसम्मका कार्यक्रम स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले घोषणा गरेको छ। संघर्ष समितिका संयोजक दीपक गौतमका अनुसार स्थानीय तहका कर्मचारीले आज (सोमबार) हातमा कालोपट्टी बाँधेर बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म माइतीघर मण्डलामा धर्ना दिने छन्। 

    संघर्ष समितिले माइतीघर मण्डलामा हुने धर्ना कार्यक्रममा सहभागी हुन देशभरका स्थानीय तहका कर्मचारीलाई काठमाडौं बोलाएको छ। त्यसैगरी भोलि मंगलबार देशभरीका स्थानीय तहमा हातमा कालोपट्टी बाँधेर काम गर्ने र भोलि नै सम्बन्धित निकायमा ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम पनि संघर्ष समितिले घोषणा गरेको छ।

    त्यसैगरी असोज १७ गते बुधबार काठमाडौंमा वृहत् प्रदर्शन गर्ने, असोज १९ गते देशभरीका स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै सेवा रोक्ने र अनिश्चितकालीन पेन डाउन गरिने संयोजक गौतमले बताए। स्थानीय तहका कर्मचारीले संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने माग गरेका छन्।

    प्रकाशित मिति :आश्विन १५ २०८० सोमवार - ०७:५३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij