Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रधानमन्त्रीको चीन भ्रमणले दुई देशका बीचमा विश्वासको वातावरण थप गरेको छः प्रमुख सचेतक लेखक

प्रधानमन्त्रीको चीन भ्रमणले दुई देशका बीचमा विश्वासको वातावरण थप गरेको छः प्रमुख सचेतक लेखक


  • 2.2K
    Shares

    प्रधानमन्त्रीको चीन भ्रमणले दुई देशका बीचमा विश्वासको वातावरण थप गरेको छः प्रमुख सचेतक लेखक

    काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको चिन भ्रमणपछि दुई देशका बीचमा थप विश्वासको वातावरण सिर्जना भएको बताएका छन् ।  

    आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीको चिन भ्रमणले दुई देशका बीचमा विश्वासको वातावरण थप गरेको बताएका हुन् । उनले प्रधानमन्त्रीको चीन भ्रमण उत्साहजनक भएको टिप्पणी गरे । उनले चीन भ्रमणका क्रममा नेपालको राष्ट्रिय स्वाभिमानलाई जोगाउँदै सोही आधारमा छलफल हुन सकेको बताए । 

    बैठकले समानस्तरमा विश्वासको वातावरण निर्माण गरेको भन्दै  प्रमुख सचेतक लेखकले बैठक कूटनीतिक रुपमा सफल भएको बताए । 

    प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले विदेश भ्रमणबाट के ल्यायो भनेर मगन्तेको जस्तो कुरा गर्नु नहुने बताए ।

    प्रकाशित मिति :आश्विन १५ २०८० सोमवार - ०७:२५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij