Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रधानमन्त्रीले चीनसँग उच्चस्तरीय विश्वासको वातावरण बनाउन सक्नुभएनः सचिव भट्टराई

प्रधानमन्त्रीले चीनसँग उच्चस्तरीय विश्वासको वातावरण बनाउन सक्नुभएनः सचिव भट्टराई


  • 2.1K
    Shares

    प्रधानमन्त्रीले चीनसँग उच्चस्तरीय विश्वासको वातावरण बनाउन सक्नुभएनः सचिव भट्टराई

    काठमाडौँ । नेकपा (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा दुई देशका बीचमा उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकेको बताएका छन्।

    आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव भट्टराईले प्रधानमन्त्रीले चीनसँग उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकेको बताएकाहुन्।

    उनले भ्रमणका क्रममा ताइवान र तिब्बतको मुद्दामा चीनलाई विश्वस्त पार्न नसकिएको बताए। उनले बिआरआई परियोजना चीनसँग नेपालको मुख्य एजेण्डा भए पनि सो एजेण्डामा प्रवेश नै नभएको बताए।

    त्यस्तै, नेपालको चुच्चे नक्शा, लिपुलेक, लिम्पियाधुरामा भारत र चीनबीच भएको सहमतिलगायतका विषयमा पनि भ्रमणमा कुरा हुन नसकेको भन्दै उनले चीनसँग गम्भीरताका साथ ‘डिलिङ’ हुन नसकेको टिप्पणी गरे।

    प्रकाशित मिति :आश्विन १५ २०८० सोमवार - ०६:३९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij