Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

कक्षा १० को परीक्षा चैतको पहिलो र १२ को वैशाखको दोस्रो साता हुने

कक्षा १० को परीक्षा चैतको पहिलो र १२ को वैशाखको दोस्रो साता हुने


  • 5.6K
    Shares

    कक्षा १० को परीक्षा चैतको पहिलो र १२ को वैशाखको दोस्रो साता हुने

    काठमाडौं |राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैतको पहिलो र १२ को वैशाखको दोस्रो साता गर्ने गरी वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

    बोर्डले उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न क्यालेन्डर सार्वजनिक गरेको हो । सो क्यालेन्डर यो वर्षबाट लागू भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले जानकारी दिए ।

    बोर्डका अध्यक्ष डा। शर्माले यो वर्षको कक्षा १० र १२ को परीक्षा कहिले हुने भन्ने विषयमा कौतूहतला हटाउन क्यालेन्डर सार्वजनिक गरेको जानकारी दिए। उनका अनुसार कक्षा १० को प्रश्नपत्र छपाइबाहेक सबै अधिकार प्रदेश सरकारलाई दिने गरी क्यालेन्डर तयार गरेको हो ।

    बोर्डले चैत मसान्तसम्म प्राप्ताङ्क इन्ट्री र रुजु गर्ने, जेठभित्र उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण सञ्चालन गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ । अध्यक्ष शर्माले कक्षा १० को वार्षिक परीक्षाको नतिजा असार दोस्रो साताभित्र गर्ने तालिका बनाएको जानकारी दिए ।

    गत वर्षको एसईईको परीक्षाफल असार अन्तिम साता भएको थियो । ‘कक्षा १० को वार्षिक परीक्षाको नतिजा असार दोस्रो हप्तामा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका छांै’ –अध्यक्ष शर्माले भने । पूरक परीक्षा साउन तेस्रो साता हुनेछ । परीक्षामा पुनर्योगको निवेदन परीक्षाफल प्रकाशित भएको १५ दिनभित्र र नतिजा पूरक परीक्षा सञ्चालन हुनुअघि रहेको छ । माघ मसान्तमा परीक्षा केन्द्र निर्धारण, सिम्बोल नम्बर कायम गर्ने रहेको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, सबै विश्वविद्यालय र रापबोर्डका अध्यक्षसहितको बैठकको निर्णयअनुसार क्यालेन्डर तयार भएको हो । सो क्यालेन्डर उल्लेख भएअनुसार स्नातक तहको भर्ना प्रक्रिया शुरू गर्नुअघि कक्षा १२ को परीक्षाफल प्रकाशित हुनुपर्छ ।

    सोही निर्णयको आधारमा वैशाख दोस्रो साता कक्षा १२ को परीक्षा सञ्चालन गरी साउन मसान्तभित्र परीक्षाफल प्रकाशित गर्ने क्यालेन्डर तयार गरेको हो । क्यालेन्डरसम्बन्धी प्रतिवेदनमा स्नातक तहमा भर्ना हुनका लागि रापबोर्डबाट नतिजा हुने कक्षा १२ को नतिजा भर पर्नुपर्ने भएकाले कक्षा १२ को कार्यतालिका अनुसार सो कक्षाको परीक्षाफल साउन मसान्तलाई आधार मानेर तयार गरिएको उल्लेख छ ।

    प्रकाशित मिति :आश्विन १४ २०८० आइतवार - १५:०८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij