Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमालेको कोशी अधिवेशन: मतदानको समय ५ बजे तोकियो

एमालेको कोशी अधिवेशन: मतदानको समय ५ बजे तोकियो


  • 3.9K
    Shares

    एमालेको कोशी अधिवेशन: मतदानको समय ५ बजे तोकियो

    विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा अपरान्ह ५ बजेदेखि मतदान हुने भएको छ ।

    यसअघि दिउँसो १ बजेदेखि सुरु गर्ने भनिए पनि तयारी नपुगेकाले समय सारिएको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले जानकारी दिए ।

    निर्वाचन कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । एमालेको कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार छन् ।

    उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् ।

    २१५ सदस्यीय प्रदेश नेतृत्व छनाेटका लागि ९९७ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

    प्रकाशित मिति :आश्विन १४ २०८० आइतवार - १३:५०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij