२०८२ माघ ८ गते बिहिवार
शुक्रबार काभ्रेबाट पक्राउ परेका अभिनेता अनमोल केसी हिरासत बस्न नमानेपछि चिरायु अस्पतालमा भर्ना भएका छन्।
उनलाई शुक्रबार राति नै अस्पताल भर्ना गरिएको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोद ढुंगोलले नेपालखबरलाई जानकारी दिए।
दोलखा पुगेर फर्किंदै गर्दा बाटोबाटै प्रहरीको नियन्त्रणमा परेका केसीलाई सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राख्ने तयारी थियो। तर उनले आफूलाई हिरासत नराख्न पटक–पटक आग्रह गरेपछि प्रहरीले सुरक्षासहित चिरायु अस्पताल भर्ना गराएको हो। उनी अहिले महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन्। उनको सुरक्षामा एक जना प्रहरी अधिकारी पनि खटाइएको छ।
अनमोललाई भोलि जिल्ला अदालत काठमाडौं उपस्थित गराइने तयारी छ। अदालतले अनुमति दिए हिरासतमै राखेर प्रहरीले थप अनुसन्धान अघि बढाउनेछ।
तर पीडितसँग सहमति भए वा हिरासतमा राख्न अदालतले अनुमति नदिए आइतबार नै छुट्ने सम्भावना छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij