Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमाले बागमतीमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी

एमाले बागमतीमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी


  • 3.5K
    Shares

    एमाले बागमतीमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी

    काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनमा नेतृत्व चयनअन्तर्गत मतदान सुरु भएको छ। मतदान केही बेरअघि सुरु भएको अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए।

    अध्यक्षमा मकवानपुरका कृष्ण दाहाल र रामेछापका कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुँदैछ। सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित र ललितपुरका नारायण सिलवालबीच प्रतिस्पर्धा हुँदैछ।

    चितवन, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकमा सर्वसम्मत सदस्य छानिएको जानकारी दिए।

    एमाले बागमतीमा १ हजार १६४ जना प्रतिनिधि छन्। भोटिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ। ४० वटा भोटिङ मेसिन प्रयोग गरिएको र साँझसम्म नतिजा आइसक्ने बताइएको छ।

    प्रकाशित मिति :आश्विन १२ २०८० शुक्रवार - १३:२५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij