Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमाले बागमती अधिवेशन

एमाले बागमती अधिवेशनः उम्मेदवारको अन्तिम नामावली प्रकाशित, कुन पदमा कसको उम्मेदवारी ? (सूचीसहित)

एमाले बागमती अधिवेशनः उम्मेदवारको अन्तिम नामावली प्रकाशित, कुन पदमा कसको उम्मेदवारी ? (सूचीसहित)


  • 2.9K
    Shares

    एमाले बागमती अधिवेशनः उम्मेदवारको अन्तिम नामावली प्रकाशित, कुन पदमा कसको उम्मेदवारी ? (सूचीसहित)

    काठमाडौँ । नेकपा एमालेले आज बागमती प्रदेशको नेतृत्व टुंगो लगाउँदै छ। बिहीबार अबेरसम्म  सर्वसम्मतीको प्रयास भएपनि सहमति जुट्न नसकेपछि एमालेले अन्ततः बागमतीमा पनि निर्वाचनबाटै नेतृत्व टुंगो लगाउने भएको हो।

    सर्वसम्मतीका लागि तीन पटकसम्म निर्वाचन कार्यतालिका संसोधन गरिएको थियो। संसोधित कार्यतालिकामा आज बिहान ८ बजेदेखि मतदान सुरू हुने उल्लेख छ। एमालेले बिहीबार राति नै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ।

    जसअनुसार नेतृत्वका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलकाबीच प्रतिष्पर्धा हुने भएको छ। यसअघि पाँच जनाले प्रदेशको अध्यक्षमा उम्मेदवारी दिएका थिए। अध्यक्षका लागि निवर्तमान अध्यक्ष केशव पाण्डे, बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, केन्द्रीय सदस्य दाहाल र ढुंगेलले उम्मेदवारी दिएका थिए। त्यस्तै रामेछापका केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी दिएका थिए।

    सानु श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुडाथोकीले बिहीबार उम्मेदवारी फिर्ता लिएका हुन्। पाण्डेले ढुंगेललाई र श्रेष्ठ र बुढाथोकीले दाहाललाई समर्थन गर्दै फिर्ता लिएको बताइएको छ।

    बागमती प्रदेशमा चुनाव नै हुने भएपछि नेताहरू पनि बाँडिएका छन्। कैलाश ढुंगेललाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य आनन्द पोखरेललगायतको समर्थन छ। त्यस्तै कृष्ण दाहालको पक्षमा पदाधिकारी तहका नेताहरू खुलिसकेका छैनन्। यद्यपि, सुरेन्द्र पाण्डेलगायत नेताहरूको समर्थन देखिएको छ। पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा खुलेरै लागेका छन्।

    त्यसैगरी एक उपाध्यक्ष पदका लागि ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला गरी चार जना मैदानमा छन् । प्रदेश सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुने भएको छ । दुई उपसचिवका लागि १० जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । 

    आज बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि उम्मेदवारको सूची प्रकाशित गर्न ढिला भएपछि अव सम्भवतः ११, १२ बजेपछि मात्र मतदान सुरु हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीको भनाइ छ ।

    यस्तो छ उम्मेदवारको सूची

    प्रकाशित मिति :आश्विन १२ २०८० शुक्रवार - ०८:३७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij