Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमालेको कर्णाली अधिवेशन आजबाट : १३५ सदस्यीय कमिटी चुनिने

एमालेको कर्णाली अधिवेशन आजबाट : १३५ सदस्यीय कमिटी चुनिने


  • 3.9K
    Shares

    एमालेको कर्णाली अधिवेशन आजबाट : १३५ सदस्यीय कमिटी चुनिने

    काठमाडौं । नेकपा (एमाले)को कर्णाली प्रदेशको अधिवेशन आजबाट सुरु हुँदै छ । अध्यक्ष केपी शर्मा ओलीले सुर्खेतको सिटी हलमा हुने अधिवेशनको उद्घाटन गर्ने छन् । 

    अधिवेशनमा ६०४ प्रतिनिधिले भाग लिनेछन् । जसमा सुर्खेतबाट ११२, जाजरकोटबाट ७५, दैलेखबाट ७४, कालिकोटबाट ६५, हुम्लाबाट ४८, जुम्लाबाट ४८, डोल्पाबाट ३९, मुगुबाट ३३, रुकुमपश्चिमबाट २३ गरी ५५४ प्रतिनिधि छानिएका छन् । त्यस्तै, २२ वटा मोर्चा संगठनका ५० जनाको प्रतिनिधित्व रहनेछ ।

    अधिवेशनले पाँचजना पदाधिकारीसहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ । 

    पार्टीका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले कमिटी सर्वसम्मत होस् भन्ने चाहेको बताएका छन् । सर्वसम्मत नभए निर्वाचन हुने र त्यसमा प्यानल भने बनाउन नपाइने उनको भनाइ छ । गुटले पार्टी विभाजनको दिशातिर लग्ने भएकाले प्यानल भने बन्न नदिइने उनको भनाइ छ ।

    प्रकाशित मिति :आश्विन १० २०८० बुधवार - ०९:४५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij