Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सिंगटी हाइड्रोले चैत ६ गतेबाट आईपीओ बिक्री गर्ने

सिंगटी हाइड्रोले चैत ६ गतेबाट आईपीओ बिक्री गर्ने


  • 7.9K
    Shares

    सिंगटी हाइड्रोले चैत ६ गतेबाट आईपीओ बिक्री गर्ने
    images

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आगामी चैत ६ गतेदेखि सर्वसाधारणमा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कसान अर्थात् आईपीओ बिक्री गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित दोलखाका स्थानीयलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ बिक्री गर्न लागेको हो ।

    कम्पनीले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका २९ लाख कित्ता साधारण सेयर बिक्री खुला गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि सुरक्षित गरिएको छ । बाँकी रहेको २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी १ अर्ब ४५ करोडको १० प्रतिशत स्थानीय आयोजना प्रभावित र २० प्रतिशत सर्वसाधारणको लागि बिक्री गर्ने अनुमति पाएको थियो । जसअनुसार कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्र दोलाखाको बिगु र कालिञ्चोक गाउँपालिकाका स्थानीयको लागि सेयर बिक्री गरेको थियो । कम्पनीले स्थानीय आयोजना प्रभावितको लागि १४ करोड ५० लाख रुपैयाँ बरारबको १४ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो ।

    मेगा क्यापिटल मार्केट लिमिटेड बिक्री प्रबन्धक रहेको कम्पनीको आईपीओमा सर्वसाधारणले छिटोमा चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा चैत २० गतेसम्म म्याद थप हुन सक्नेछ । सर्वसाधारणले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

    आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस ९आइएस० रेटिङ प्रदान गरेको छ । कम्पनीले दोलाखको सिंगटी खोलामा ‘रन अफ रिभर’ २५ मेगावाट क्षमताको सिंगटी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । जसको कुल लागत ५ अर्ब ५० करोड ४६ लाख ६८ हजार रहेको छ ।

    कम्पनीको प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसमेत २२ करोड लाग्ने कम्पनीको विवरणपत्रमा उल्लेख छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.१६ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६.४० वर्ष रहेको छ । आयोजनाको निर्माण ९९ प्रतिशत सम्पन्न भइसकेको र नेपाल विद्युत् प्राधिकरणले विद्युत्गृह परीक्षण गरेमा शतप्रतिशत निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७७ आइतवार - १६:०६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij