Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमालेको बागमती प्रदेश अधिवेशन ड्रोन उडाएर उद्घाटन

एमालेको बागमती प्रदेश अधिवेशन ड्रोन उडाएर उद्घाटन


  • 2.8K
    Shares

    एमालेको बागमती प्रदेश अधिवेशन ड्रोन उडाएर  उद्घाटन

    काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन काठमाडौंमा सुरु भएको छ । ड्रोन उडाएर र रिमोटबाट दियो बालेर कार्यक्रम उदघाटन गरिएको छ ।

    अधिवेशन उदघाटनपूर्व निकालिएको र्‍याली रत्नपार्कदेखि अधिवेशन स्थल भृकुटीमण्डपसम्म पुगेको थियो ।

    अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिहरु छन् । उनीहरुले बागमती प्रदेशको नयाँ नेतृत्व चयन गर्ने छन् । यसअघि ४४७ सदस्यीय रहेको बागमती प्रदेश कमिटी यो अधिवेशनबाट ५ जना पदाधिकारीसहित २४० सदस्यीय बन्नेछ ।

    अध्यक्ष पदमा झण्डै आधा दर्जन बढी नेता आकांक्षी छन् । अध्यक्षका लागि वर्तमान अध्यक्ष केशव पाण्डे, कृष्ण दाहाल, कैलाश ढुंगेल, विजय सुवेदी, भूमि त्रिपाठी, खेम लोहनी, कृष्णभक्त पोखरेल लगायत आकांक्षी छन् ।

    सर्वसम्मत अध्यक्ष चयनको प्रयास भइरहे पनि अब त्यो सम्भावना लगभग सकिएको नेताहरुको भनाइ छ । यदि चुनाव हुने स्थिति आएमा केशवराज पाण्डे, कैलाश ढुंगेल र कृष्ण दाहालबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

    यसअघि लुम्बिनी प्रदेशमा सर्वसहमतिको प्रयास असफल भएपछि मतदानबाट नेतृत्व टुंगो लगाइएको थियो ।

    प्रकाशित मिति :आश्विन ८ २०८० सोमवार - १३:३९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij