Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आज

एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आज


  • 2.8K
    Shares

    एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आज

    काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदैछ ।

    सोमबार बागमती प्रदेशको प्रथम अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट उद्घाटन हुनेछ । उद्घाटनअघि एमालेले काठमाडौँका ६ ठाउँबाट र्‍याली निकाल्नेछ । अधिवेशनले २४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहितको कमिटी चयन गर्नेछ ।

    बागमतीको अध्यक्षको लागि केन्द्रीय सदस्यहरू कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल, रचना खड्का, बागमती प्रदेशका पुर्वसभामुख सानुकुमार श्रेष्ठ, वर्तमान प्रदेश अध्यक्ष पाण्डे, पूर्वसांसद कृष्णभक्त पोखरेललगायतका नेताहरुले दाबी गरेका छन् ।

    अधिवेशनलाई प्रविधिमैत्री बनाउन उद्घाटन रोबोटको माध्यमबाट गरिने र नेतृत्व चयनमा सर्वसम्मति नभए विद्युतीय भोटिङ मेसिनमार्फत् मतदान गराइने गरी तयारी भइरहेको छ । अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदैछन् ।

    प्रकाशित मिति :आश्विन ८ २०८० सोमवार - ०९:२९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij