२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । विभूति स्कुलले हाल एक पछि अर्को सफलता हासिल गदै गइरहेको छ । नर्थ वेस्टर्न प्राइभेट स्कुल्स अर्गनाइजेसनद्वारा आयोजित ‘अनलाइन कक्षा भन्दा भौतिक कक्षा वेश’ विषयक वादविवाद प्रतियोगितामा विभूति स्कुलकी कक्षा १० मा अध्यनरत छात्रा सिमा पन्थले द्वितीय स्थान प्राप्त गर्न सफल भएकी हुन् ।
विद्यालयले यसै शैक्षिक सत्र २०८० मा मात्र ७ वटा प्रतियोगिताहरुमा उपाधि सहित ट्रफी जित्न सफल भएको छ। विभूति स्कुलले आफु सहभागी भएको सबै कार्यक्रमहरुबाट खालि हात नफर्केको कुरा विधालयका प्रधानाध्यापक राजेश्वर श्रेष्ठले बताए ।

उक्त प्रतियोगिता कामनपा १५, १६ र नागर्जुन नगरपालिकाका प्राइभेट स्कुल्सहरुको समूह नर्थ वेस्टर्न प्राइभेट स्कुल्स अर्गनाइजेसले आयोजना गरेको हो। १५ वटा सदस्य विधालयहरु रहेको नोप्सोले काठमाडौ प्याब्सनको भगिनि संस्थाको रुपमा वि.सं २०७३ निरन्तर रुपमा यस्ता इसिए र सिसिए कार्यक्रमहरु संचालन गर्दै आएको कुरा संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij