Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

एमालेमा लोकतान्त्रिक अभ्यासको पुनरागमन

एमालेमा लोकतान्त्रिक अभ्यासको पुनरागमन


  • 2.2K
    Shares

    एमालेमा लोकतान्त्रिक अभ्यासको पुनरागमन

    काठमाडौं । संसद्को दोस्रो ठूलो दल नेकपा एमाले पुनः लोकतान्त्रिक अभ्यासको चरणमा प्रवेश गरेको छ । लामो समय केन्द्रीय नेतृत्वले तल्लो तहको नेतृत्व चयनमा हस्तक्षेप गर्दै आएको एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा पहिलोपटक मतदानबाट नेतृत्व चयन भएसँगै एमालेमा लोकतान्त्रिक अभ्यासको पुनरागमन भएको हो ।

    करिब एक साताको रस्साकस्सीका बीच गत भदौ १९ मा सम्पन्न प्रथम प्रदेश अधिवेशनमा १ हजार ५ प्रतिनिधिको मतदानबाट नेताहरू निर्वाचित भए । प्रदेशसभाको प्रथम अधिवेशनमा ४ सय ७९ मतका साथ राधाकृष्ण कँडेल प्रदेश अध्यक्षमा निर्वाचित हुँदा ४ सय ७७ मत ल्याएर हरि रिजाल उपविजेता भए ।

    माओवादीसँग एकतासँगै प्रतिनिधिहरूको मतका आधारमा नेतृत्व चयन प्रक्रिया बन्द भएको एमालेमा लुम्बिनी प्रदेश अधिवेशनबाट पुनः मतदान हुने अभ्यास शुरू भएको नेताहरूले बताएका छन् ।

    लुम्बिनीको अधिवेशन सकेको एमालेले यही असोज महिनाभरि सबै प्रदेशको अधिवेशन सक्ने कार्यातालिका बनाएको एमाले सचिव रघुवीर महासेठले जानकारी दिए । उनका अनुसार वागमती प्रदेशको असोज ८–९, कर्णाली १०–११, कोसी १२–१३ गण्डकी १५–१६, सुदूरपश्चिम २१–२२ र मधेस प्रदेशको २४–२५ मा अधिवेशन गर्ने तयारी छ ।

    त्यस्तै, १९–२० असोजमा उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन हुनेछ भने त्यसपछि जिल्ला, पालिका र वडा अधिवेशनहरू क्रमशः हुने सचिव महासेठले बताए ।

    ‘सबै प्रदेश अधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको छ’, महासेठले भने– ‘हामी सकभर नेतृत्व चयनमा सर्वसम्मत होस् भनेर प्रयासमा छौं । राजनीतिमा नेताहरूले आफ्नो पक्षका नेता साथीहरूलाई स्थापित गराउन लाग्नु स्वाभाविकै हो । तर, आकांक्षीबीच कुरा मिल्न सकेन भने प्रजातान्त्रिक प्रक्रियाबाटै जबजका आधारमा नेतृत्व चयन हुन्छ ।’

    एमाले र माओवादीबीचको एकता हुनुभन्दा अघि नियमित अधिवेशन गर्ने र अधिवेशनमा जुटे सहमति नभए मतदानबाट नेतृत्व चयन गर्ने पार्टीको परिचय एमालेले बनाएको उनले बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

     

    प्रकाशित मिति :आश्विन ७ २०८० आइतवार - ०६:११:०५ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij