Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बाँकेको बालसुधार गृहमा झडप : एकजनाको मृत्यु, १० घाइते

बाँकेको बालसुधार गृहमा झडप : एकजनाको मृत्यु, १० घाइते


  • 2.5K
    Shares

    • images
    बाँकेको बालसुधार गृहमा झडप : एकजनाको मृत्यु, १० घाइते
    images

    नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ ।

    जयन्दु बाल सुधार गृहमा गए राति झडप भएको थियो। झडपमा ११ जना घाइते भएका र एक जनाको उपचारको क्रममा निधन भएको बाँकेकमा प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए।

    कञ्चन गाउँपालिका–४ रूपन्देहीका सुलभ केसीको मृत्यु भएको बताइएको छ। उनी अपहरण, शरीरबन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा थिए।

    झडपमा १० जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दुई पक्ष झडपमा उत्रँदा बालसुधार गृहको अवस्था रातभर तनावपूर्ण बनेको थियो।

    ‘यहाँको अवस्था अहिले पनि तनावपूर्ण नै छ। रातभर तोडफोड गरेर केही बाँकी राखेका छैनन्। स्थिति अहिले पनि नियन्त्रणमा आइसकेको छैन,’ जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी सन्तोष सिंह राठौरले सेतोपाटीसँग भने।

    प्रकाशित मिति :आश्विन ५ २०८० शुक्रवार - ०७:४८:०७ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij