२०८२ भाद्र १० गते मंगलवार
न्यूयोर्क । परराष्ट्रमन्त्री एनपी साउदले ‘एसियाली सहकार्य संवाद’लाई नेपालले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
राष्ट्रसङ्घको मुख्यालयमा हिजो आयोजित एसियाली देशका मन्त्रीको सम्मेलनमा मन्त्री साउदले नेपालले क्षेत्रीय प्रक्रियालाई उच्च प्राथमिकतामा राखेको र यसभित्र एसियाली सहकार्य संवादसमेत पर्ने बताउनु भयो ।
उनले भने, ‘हामीहरू सबै एसियाली क्षेत्रका सदस्यसँग यसको उद्देश्यअनुसार काम गर्न तयार छौँ, साथै यसले आत्मसात् गरेका मुख्य विषयलाई सफलतापूर्वक कार्यान्वयन गर्न सहमत छौँ ।’
१८ देशका विदेशमन्त्री मिलेर सन् २००२ जुनमा स्थापना भएको एसियाली सहकार्य संवाद’को सदस्यता नेपालले सन् २०१६ मार्चमा लिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij