२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड (सोनापुर सिमेन्ट) ले उद्मोग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ ।
सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको जारी पूँजी रु.३,०७,५०,५०,०००/- (अक्षरेपी तीन अर्ब सात करोड पचास लाख पचास हजार) रकम बराबरको ३,०७,५०,५०० कित्ता को ५ प्रतिशतले हुन आउने १५,३७,५२५ कित्ता शेयर प्रति शेयर अंकित मूल्य रु.१००/- मा प्रिमियम वापत रु.१२५/-थप गरी प्रति शेयर जम्मा मूल्य रु.२२५/- को दरमा उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि मिति २०८० सााउन २९ गते देखि २०८०भदौ २६ गते (बैंकिङ्ग समय पश्चात्) सम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सो अवधिभित्र प्राप्त भएको आवेदनको छानविन गरी योग्य आवेदकहरुमा सो निष्काशित शेयरहरुको असोज २ गते बाँडफाँड गरिएको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले जनाएको छ।
तोकिएको मिति २०८० सााउन २९ गते देखि २०८० भदौ २६ गतेसम्ममा संकलन केन्द्रहरुबाट ४७,८१० कित्ता खरिदका लागि २४० जना आवेदकहरु र सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत ८६,७५० कित्ता खरिदका लागि ४१७ जना गरी जम्मा ६५७ जना आवेदकहरुबाट १३४,५६० कित्ता शेयर खरिदका लागि आवेदन प्राप्त भएकोमा १ जना आवेदकको ४० कित्ता शेयरको आवेदन रितपुर्वक नदेखिएकोले सो आवेदनलाई अयोग्य ठह¥याई रद्द गरी कूल ६५६ जना आवेदकहरुबाट प्राप्त १३४,५२० कित्ता शेयरका लागि रितपूर्वक दरखास्त प्राप्त भएकोमा, धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम रितपूर्वक प्राप्त भएको ६५६ जना आवेदकहरुबाट प्राप्त १३४,५२० कित्ता शेयरका लागि प्राप्त भएको आवेदनहरुमध्ये न्यूनतम १० कित्ता देखि अधिकतम १०,००० कित्ता सम्म माग गरी आवेदन गर्नुहुने सम्पूर्ण आवेदकहरुलाई निजहरुको आवेदन माग बमोजिम १० देखि १०,००० कित्ताको दरले १३४,५२० कित्ता बाँडफाँड गरिएको पनी एनआइएमबि एस क्यापिटल लिमिटेडले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij