Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

संविधान दिवसमा एमालेको कार्यक्रम : राष्ट्रिय झण्डासँग सेल्फी खिच्न ओलीको आह्वान

संविधान दिवसमा एमालेको कार्यक्रम : राष्ट्रिय झण्डासँग सेल्फी खिच्न ओलीको आह्वान


  • 1.9K
    Shares

    • images
    संविधान दिवसमा एमालेको कार्यक्रम : राष्ट्रिय झण्डासँग सेल्फी खिच्न ओलीको आह्वान
    images

    काठमाडौँ । नेकपा (एमाले)ले संविधान दिवसमा विशेष कार्यक्रम गर्ने भएको छ । 

    संविधान दिवसका अवसरमा आज असोज ३ गते बिहान ७ बजे काठमाडौँको नारायणचौरमा आयोजना हुने कार्यक्रममा सहभागी भइ राष्ट्रिय झण्डासँग सेल्फी खिच्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए । 

    अध्यक्ष ओलीले नागरिकका हक संविधानमा लेखिएका दिन असोज ३ गते ‘मर्निङ वाक नेसनल वाक, सेल्फी विथ नेशनल फ्ल्याग’ नारासहित संविधान दिवस मनाउन आग्रह गरेका छन् । उनले नारायणचौरमा भेट गरी यसपटकको राष्ट्रिय दिवस जनस्तरबाटै भव्यताका साथ मनाउन अपिल गरेका छन् । 

    प्रकाशित मिति :आश्विन ३ २०८० बुधवार - ०७:२४:०१ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij