Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रसंघीय उच्च प्रतिनिधि र श्रीलंकाका राष्ट्रपतिले गरे भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रसंघीय उच्च प्रतिनिधि र श्रीलंकाका राष्ट्रपतिले गरे भेटवार्ता


  • 2.0K
    Shares

    • images
    प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रसंघीय उच्च प्रतिनिधि र श्रीलंकाका राष्ट्रपतिले गरे भेटवार्ता
    images

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गरेकी छन्।

    मंगलबार राष्ट्रसंघका लागि अतिकम विकसित देशहरू तथा  भुपरिवेष्टित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फतिमाले प्रधानमन्त्री दाहालसँग भेट गरेकी हुन्।

    न्युयोर्कस्थित नेपालको स्थायी नियोगले दिएको जानकारीअनुसार भेटका अवसरमा दुबैबीच सामूहिक चासोका विभिन्न विषय र अल्पविकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा छलफल भएको थियो।

    मंगलबार नै प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच भेटवार्ता भएको छ। भेटमा नेपाल र श्रीलंकाको द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बारेमा छलफल भएको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ।

    प्रकाशित मिति :आश्विन ३ २०८० बुधवार - ०७:१६:२९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij