Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

इन्द्रजात्रा चलाउनै आर्थिक संकट

इन्द्रजात्रा चलाउनै आर्थिक संकट


  • 2.3K
    Shares

    इन्द्रजात्रा चलाउनै आर्थिक संकट

    काठमाडौं । इन्द्रजात्रा आउनै लाग्दा हरेक वर्ष आर्थिक संकट हुने गरेको छ । रकम नआएपछि जात्रा व्यवस्थापन समिति रकम माग गर्दै विभिन्न निकाय धाउन बाध्य भएका छन् ।

    इन्द्रजात्रा मूल समितिलाई जात्रा व्यवस्थापन गर्नुभन्दा पनि रकम जोहो गर्न सरकार र काठमाडौं महानगरपालिका गुहार्नुपर्ने बाध्यता भएको छ । हुन पनि रकम नभएपछि जात्रा चलाउनै मुस्किल पर्छ ।

     ‘जसरी पनि जात्रा चलाउनै प¥यो, रकम माग्दा हैरान, यसरी कसरी जात्रा व्यवस्थापन गर्न सकिन्छ’ –इन्द्रजात्रा मूल व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यको गुनासो छ । हरेक वर्ष पत्र लिएर कहिले सरकार त कहिले महानगरपालिका चाहार्नुपर्ने अवस्था छ ।

    ‘गत वर्ष पनि त्यस्तै भएको थियो, यो वर्ष पनि त्यस्तै अवस्था छ । जात्रा आउन एक हप्ता बाँकी रहँदा आर्थिक अभावले जात्रा सम्पन्न हुनै कठिन छ’ –अध्यक्ष शाक्यको भनाइ छ ।

    धाउँदाधाउँदा बल्ल संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले काठमाडौं महानगरपालिकामार्फत् १३ लाख ९३ हजार उपलब्ध गराएको र बाँकी रकम कसरी जोहो गर्ने भन्ने समस्यमा रहेको अध्यक्ष शाक्यले बताए ।

    मन्त्रालयले दिएको यो रकम गत वर्षको हो । गत वर्षको ऋण यो वर्ष तिर्दातिर्दै ठिक्क हुन्छ यो वर्ष कसरी मनाउने समस्या छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

    प्रकाशित मिति :आश्विन ३ २०८० बुधवार - ०७:०७:२९ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij