Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

‘प्रधानमन्त्रीको अमेरिका भ्रमणमा शान्ति प्रक्रिया टुंगोमा पु¥याउन सहयोग माग्नेकुरा पहिलो प्राथमकितामा छ’ 

‘प्रधानमन्त्रीको अमेरिका भ्रमणमा शान्ति प्रक्रिया टुंगोमा पु¥याउन सहयोग माग्नेकुरा पहिलो प्राथमकितामा छ’ 


  • 2.2K
    Shares

    ‘प्रधानमन्त्रीको अमेरिका भ्रमणमा शान्ति प्रक्रिया टुंगोमा पु¥याउन सहयोग माग्नेकुरा पहिलो प्राथमकितामा छ’ 

    काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुको विकल्प नरहेको बताएको छ ।

    शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कुरामा विदेशी निकायहरुको सहयोग माग्ने कुरा पहिलो प्राथमिकतामा रहने बताए ।

    उनले शान्ति प्रक्रिया एक हिसावमा सफल भइसके पनि निष्कर्षमा पुर्‍याएर एक प्रकारले घोषणा गर्न मात्रै बाँकी रहेको उल्लेख गरे । 

    उनले प्रधानमन्त्रीको अम्ेरिका भ्रमणमा मौलिक रुपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अघि बढाइरहेका छाँै भनेर विश्व समुदायलाई अपिल गर्ने काम मुख्य प्राथमिकतामा रहेको बताए । उनले शाीन्त प्रक्रिया १८ वर्ष लागिसक्दा पनि निष्कर्षमा पुर्‍याउन नसक्नु राष्ट्रिय कमजोरी रहेको उल्लेख गरे ।

    उनले खासगरी तीन दल नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा एमाले र अन्य सबै दलहरुसँग सहमति गरेर शान्ति प्रक्रिया टुंगो लगाउने प्रयास भइरहेको जनाए । 

    प्रकाशित मिति :भाद्र ३१ २०८० आइतवार - ०६:५६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij