Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

आइतबार सूर्यदेवको पूजा गरे मिल्छ नौ ग्रहको शान्ति

आइतबार सूर्यदेवको पूजा गरे मिल्छ नौ ग्रहको शान्ति


  • 13.0K
    Shares

    आइतबार सूर्यदेवको पूजा गरे  मिल्छ नौ ग्रहको शान्ति
    images

    हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ । सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको निवारण हुनेछ । नवग्रह शान्ति विधानमा मात्र सूर्योपासनाबाट सबै ग्रहको शान्ति मिल्ने उल्लेख छ । किन भने सूर्यदेवलाई नौ ग्रहको मुख्य ग्रह अर्थात राजा मानिन्छ ।

    तपाईंले जीवनमा कुनै तनाव झेलिरहनु भएको छ भने सूर्यदेवलाई प्रसन्न पारेर आफ्नो सबै तनाव निवारण गर्न सक्नु हुनेछ । सूर्यदेवको कृपाबाट व्यक्तिलाई समाजमा मानसम्मान प्राप्त हुनेछ । साथै, नोकरी तथा भाग्य सम्बन्धी समस्या सूर्यको पूजाबाट टाढा हुनेछ ।

    हरेक दिन बिहान सूर्यलाई नमस्कार गरेमा बल, बुद्धि, विद्या, वैभव, तेज, ओज, पराक्रम तथा दिव्यता प्राप्त हुनेछ । आइतबारको दिन व्रतालुहरुले एक छाक मात्र खाना खानुपर्दछ । साथै खानामा नुनतेल मिसाउनु हुँदैन । व्रत बस्नेहरुले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पूजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्छ ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७७ आइतवार - ०५:५६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij