Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

कुन राशीका व्यक्तिले कुन देवताको पूजा गर्ने ? जान्नुहोस्

कुन राशीका व्यक्तिले कुन देवताको पूजा गर्ने ? जान्नुहोस्


  • 22.7K
    Shares

    कुन राशीका व्यक्तिले कुन देवताको पूजा गर्ने ?  जान्नुहोस्
    images

    हुनत व्यक्तिले आफ्नो इच्छा अनुसार र श्रद्धाअनुसार कुनै पनि देवी देवता, धर्ममा आस्था राख्न सक्छन् । यसकालागी हरेक व्यक्ति स्वतन्त्र छन् । तर हिन्दूधर्ममा भने हरेक व्यक्तिले आफ्नो इष्ट देवको पूजा गर्नुपर्ने विशेष महत्वपूर्ण मानिन्छ ।

    हिन्दु मान्यता अनुसार इष्ट देवको सम्बन्ध हाम्रो कर्म र जीवनसंग रहेको हुन्छ । धार्मिक मान्यता अनुसार इष्ट देवको पूजा गर्ने व्यक्तिले शुभ र राम्रो फल प्राप्त गर्दछन् । यस्तोमा आफ्नो इष्ट देव कसरी थाहा पाउने त ?

    ज्योतिष शास्त्रको मान्यता अनुसार व्यक्तिको जन्म मिति अनुसारको नाम अर्थात न्वारानको नाम र अक्षरका आधारमा राशी वा जन्म कुण्डलीको राशीका आधारमा इष्टदेवको पहिचान गर्न सकिन्छ । कुण्डलीको पञ्चम भाव इष्ट देवताको भाव मानिन्छ । यस भावमा जुन राशी हुन्छ त्यसको ग्रहको देवता नै व्यक्तिको इष्ट देव मानिन्छ ।

    इष्ट देवको पूजा गर्नाले बिभिन्न लाभ पाउन सकिन्छ । कुण्डलीमा जति नै ग्रह दोष भए पनि यदि इष्ट देव प्रसन्न छन् भने ति सबै दोषले व्यक्तिलाई दुख दिदैन भन्ने मान्यता छ । जान्नुहोस् राशी अनुसारको आफ्नो इष्ट देव :

    १. मेष र वृश्चिक राशी
    मेष र वृश्चिक राशिका स्वामी ग्रह मंगल हुन् तसर्थ यी दुबै राशीका इष्टदेव हनुमानजी र राम हुन् ।

    २. वृष र तुला राशी
    वृष र तुला राशिका स्वामी शुक्र ग्रह हुन् तसर्थ यी दुबै राशीका इष्ट देवी माता दुर्गा हुन् ।

    ३. मिथुन र कन्या राशी
    मिथुन र कन्या राशिका स्वामी ग्रह बुध हुन् तसर्थ यी दुबै राशीका इष्ट देव गणेशजी र विष्णु हुन् ।

    ४. कर्कट राशी
    कर्कट राशीका स्वामी ग्रह चंद्रमा हुन् तसर्थ यस राशीका इष्ट देव शिवजी हुन् ।

    ५. सिंह राशी
    सिंह राशीका स्वामी ग्रह सूर्य हुन् तसर्थ यस राशीका इष्ट देव हनुमान र माता गायत्री हुन् ।

    ६. धनु र मीन राशी
    धनु र मीन राशीका स्वामी ग्रह बृहस्पती हुन् तसर्थ यी राशीका इष्ट देव विष्णु र लक्ष्मी हुन् ।

    ७. मकर र कुम्भ राशी
    मकर र कुम्भ राशीका स्वामी शनि हुन् तसर्थ यी राशीका इष्ट देव हनुमान र शिव हुन् ।

    प्रकाशित मिति :फाल्गुण २२ २०७७ शनिवार - २०:१७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij