Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं : प्रधानमन्त्री प्रचण्ड


  • 3.4K
    Shares

    माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

    गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई जनताको पार्टीको रूपमा स्थापित गरेरै छाड्ने बताएका छन् । वासु (सुरेश वाग्ले) स्मृति दिवसका अवसरमा गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा वाइसीएलको दोस्रो पालिकास्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रले सुरु गरेको तीनमहिने रूपान्तरण अभियानले पार्टीलाई जनताको पार्टीको रूपमा स्थापित गर्ने बताए ।

    ‘माओवादी केन्द्रलाई फेरि जनताको बीचमा स्थापित गर्ने र राष्ट्रको जिम्मा लिने एकमात्र पार्टीको रूपमा स्थापित गर्छौँ, हामीले विचार पनि संश्लेषण गर्ने तथा शक्ति पनि आर्जन गर्ने उद्देश्य लिएका छौँ’, प्रधानमन्त्री दाहालले भने, ‘गोरखाका नेता, कार्यकर्ता र जनसङ्गठनले पनि यसलाई राम्रोसँग बुझ्नुभएको छ ।’ 

    गोरखाबाट निर्वाचन जितेर गएपछि धेरै उतारचढावबीच देशको नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको उल्लेख गर्दै उनले अहिले जनतालाई प्रत्यक्ष राहत दिएर सरकारले सुशासनको थालनी गरेको उल्लेख गरे । सरकारले सामाजिक सुरक्षा कोष सञ्चालन, राहदानी र यातायातको क्षेत्रमा देखिएका समस्या तथा भ्रष्टाचारविरोधी अभियान चलाएर नयाँ परिवर्तन थालनी गरेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

    राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना तथा कर्णाली चिसापानी जस्तो ‘गेमचेन्जर’ आयोजना सुरुआत गरिएको उनले बताए। छिट्टै चीन भ्रमण जानलागेको बताउँदै नेपालको विकास र  देशको उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेन्डा रहेन पनि बताए।

    प्रकाशित मिति :भाद्र २३ २०८० शनिवार - १४:१८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij